काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको ठहर गरेको छ ।
न्यायाधीयशहरु सपना प्रधान मल्ल, डाक्टर कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले ३ दिनको सुनुवाई पछि आज थापाले लिएको विश्वासको मत संवैधानिक रहेको ठहर गर्दै थापा मुख्य मन्त्रीबाट पदमुक्त हुने फैसला गरेको हो । इजलासले कोशी प्रदेशमा प्रदेशको सबैभन्दा ठूलो दल एमालेको प्रदेश संसदीय दलक नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।
बराबरी मत भएको अवस्थामा बाहेक मत हाल्न नपाउने तटस्थ भूमिका रहेका ब्यक्तिले समेत थापालाई विश्वासको मत दिएको भन्दै त्यसलाई बदर गर्न माग गर्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गर्नुभएको थियो ।
यसअघि, गत भदौ ७ मा सर्वोच्चले संवैधानिक नैतिकता, संसदीय अभ्यास र अदालतको आदेशविपरीत भएको भन्दै दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश गरेको थियो । यसअघि पनि सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई अवैधानिक घोषित गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०, १९:०२