गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनियमितताका हजारौं मुद्दाका फाइल खोल्ने बताउनुभएको छ। गोरखाकाे सिरानचोक गाउँपालिकामा शनिबार भएको कार्यक्रममा उहाँले जालझेल गरेर सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने माफियागिरी देशभर नै रहेको भन्दै सरकारी जग्गालाई अनेक जालझेल गरेर जाली फटाहाले व्यक्तिकाे नाममा सारेको भन्दै यस्ता हजाराैँ फाइल अब खोलिने र दाेषीलाई कारबाही गरिने बताउनुभयो ।
सरकारी कर्मचारीलाई लोभमा पारेर वा अन्य तरिकाले सरकारी जग्गा व्यक्तिको नाममा आउने माफियागिरी देशभर नै रहेकाे उहाँले बताउनुभयाे । ललिता निवास सुरुआतमात्र भएको उहाँले बताउनुभयाे ।
सुन तस्करीको जालो तोड्न आफूले विशेष प्रयत्न गरेको पनि उहाँले दाबी गर्नुभयो । दोषी जुनसुकै पार्टीका भए पनि नछोड्ने उहाँले बताउनुभयो ।
निमुखा र गरिबलाई मात्र कानुन लाग्ने भन्ने मान्यता आफूले तोडेको भन्दै प्रधानमन्त्री प्रचण्डले लघुवित्त वा सहकारीका वेथितिविरुद्ध पनि नयाँ अभियान सुरु गरिएको बताउनुभयो।
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०, १९:३८