काठमाडौं ।
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइन अधिराज्यका काउन्सिल अफ रेप्रेजेन्टेटिभकी चेयर फावजिया बिन्ट अब्दुल्ला जाइनल (Fawza bint abdllua zainal) सँग नेपालको पर्यटन विकास बारे छलफल गर्नुभएको छ ।
दुई देशको संसदबिचको सम्बन्ध थप उचाईमा पु¥याउनका लागि भन्दै संघीय संसद सचिवालयबाट पठाईएको प्रस्तावित सांसदहरुको नामावलिसहितको पत्र हस्तान्तरण गर्ने क्रममा हिजो छलफल भएको हो ।
भेटमा नेपालमा महिलाहरुको नेतृत्व र विकासका सम्बन्धमा एवम् द्विपक्षीय सम्वन्धका अन्य विषयमा पनि छलफल भएको मनामास्थित दूतावासले जनाएको छ ।
दुई देशको संसद बिचको सम्बन्ध थप उचाईमा पु¥याउने उद्देश्यले राजदूत सुन्दासले नेपाल बहराईन मित्र समूह समेत निर्माण गर्नुभएको दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सोही अवसरमा रेप्रेजेन्टेटिभकी चेयर अब्दुल्ला जाइनलले नेपाल – बहराईन मित्र समूहको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै बहराईनका सासंदहरुको सूची प्रस्ताव उपयुक्त समयमा पठाउने बताउनुभयो ।
उहाँले नेपाल र बहराइनबीचको सम्बन्ध थप उचाईमा पु¥याउनका लागि राजदूतावासलाई आवश्यक सहयोग गर्न आफू सधैँ तत्पर रहेको पनि जानकारी गराउनुभएको थियो ।
भेटका क्रममा काउन्सिल अफ रेप्रेजेन्टेटिभका उच्च पदाधिकारी र नेपाली दूतावासका उप नियोग प्रमुख खगराज पाण्डेको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६, ०८:०७