युएस ओपन टेनिसको उपाधि सर्बियाका नोभाक जोकोभिचले जित्नुभएको छ । डेनियर मेदवेदेवलाई हराउँदै जोकोभिचले २४ औँ ग्रान्डस्लाम उपाधि जित्नुभएकाे हो । यससँगै उहाँले मार्गरेट कोर्टसँग २४ औं ग्रास्डस्लाम उपाधि जित्ने कीर्तिमानी बराबरी गर्नुभएकाे छ ।
जोकोभिचले मेदवेदेवलाई ६–३, ७–६ (७–५), ६–३ को सेटमा हराउनुभयो ।
जोकोभिचले यसवर्षका चार मध्ये तीन ग्रान्डस्लाम उपाधि आफ्नो नाममा लेखाउनुभएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०, १७:३८