काठमाडौँ । संविधानसभाध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ ।
हृदयघातका कारण नेम्वाङको आज बिहान निधन भएको हो ।
नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिनभर पार्टी कार्यालय च्यासलमा राख्ने तय भएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिनुभयो ।
अन्तिम संस्कार भने अष्ट्रेलियाबाट छोरा आएपछि मात्रै गर्ने जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०, ०७:०८