काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले मर्माहत र स्तब्ध भएको बताउनु भएको छ ।
सामाजिक सञ्जालमार्फत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपति पौडेलले लेख्नुभएको छ, ‘नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेम्वाङको निधनले आफू मर्माहत भएको बताउनुभएको छ ।
ट्वीटमार्प्त प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि संविधानसभाध्यक्ष नेम्वाङको निधनको खबर मर्माहत बनाएको भन्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०, ०७:३०