काठमाडौँ । पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि नेकपा एमालेले सचिवालयको आकस्मिक बैठक बोलाएको छ ।
बिहान ११ बजे बस्ने बैठकले नेम्वाङको निधनपछि शोकसभालगायतका बारेमा निर्णय लिने एमाले पार्टी कार्यालय सचिव डा भिष्म अधिकारीले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार चीन भ्रमणमा रहनु भएका महासचिव शङ्कर पोखरेल पनि भ्रमणका सबै कार्यक्रम छोडेर नेपाल फर्कँदै हुनुहुन्छ ।
नेम्वाङको पार्थिव शरीर आज दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ । हृदयघातका कारण नेम्वाङको आज बिहान निधन भएको हो ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०, ०९:१४