काठमाडौँ । सरकारले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
अन्त्येष्टि गर्ने दिन सार्वजनिक बिदा दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । पूर्व सभामुखसमेत रहेका नेम्वाङको आज बिहान हृदयघातका कारण निधन भएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०, १०:५७