काठमाडाैँ । संविधानसभाका अध्यक्ष, पूर्व सभामुख, नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत उच्च पदस्थ व्यक्तित्वहरू पशुपति आर्यघाटमा पुगेर नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
नेम्वाङप्रति सेनाकाे टोलीले अन्तिम सलामी अर्पण गरेकाे थियो भने टुँडिखेलमा नेपाली सेनाले तोपसहितको सलामी दिएको थियो । सोमबार राती निधन भएका नेम्वाङको पार्थिव शरीर नेकपा एमालेको पार्टी कार्यालय र उहाँको निवासमा राखिएको थियो ।
नेम्वाङको निधनमा सरकारले विहीबार राष्ट्रिय शोक विदा दिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०, १३:५६