काठमाडौं ।
प्रदेश नम्बर एकले रोजगार मेला मार्फत् १२ सय युवालाई रोजगारी दिने भएको छ । त्यसका लागि प्रदेशले यही असार २८ गते रोजगार मेला कार्यक्रम आयोजना गर्दैछ ।
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका अनुसार रोजगार मेलामा रोजगार दाता र बेरोजगार युवाहरुलाई भेला गरिनेछ ।
प्रदेश एकमा रहेका सबै स्थानीय तहमार्फत् फारम भरेका र अनलाइन मार्फत् फारम भरेका बेरोजगार युवा मेलामा सहभागी हुनेछन् ।
रोजगार दाताले १२ सय युवालाई रोजगारी दिने प्रतिबद्धता जनाएका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी बलराम पराजुलीले सीआईएनसँग बताउनुभयो ।
प्रदेश एकमा रहेका सबै स्थानीय तहमार्फत् फारम भरेका र अनलाइन मार्फत् फारम भरेका बेरोजगार युवा मेलामा सहभागी हुनेछन् ।
पराजुलीले भन्नुभयो, ‘त्यो मेलाको माध्यमद्वारा रोजगार दाता र बेरोजगार व्यक्तिहरुलाई एकैठाउँमा भेला पारिदिने हामीले कोशिश गरेका हौं । रोजगार दाताहरुले १२ सय युवालाई रोजगारी दिने प्रतिबद्धता जनाउनुभएको छ, आवेदन त धेरै युवाको परेको छ ।’
मेलामा फारम भरेका युवा मात्रै सहभागी हुन पाउनेछन् । पराजुलीका अनुसार फारम भरेका युवाले मेलामा गएर आफ्नो दर्ता नम्बर भनेपछि त्यसको आधारमा रोजगार दाताले अन्तरवार्ता लिनेछन् ।
बेरोजगार युवाको योग्यता/क्षमताको आधारमा उपयुक्त रोजगारी उनीहरुलाई दिइनेछ ।
१२ सय युवाले मात्रै रोजगारी पाउने भएपनि आवेदन भने निकै धेरै परेको छ । रोजगार मेलामा सहभागी हुन प्रदेशका पाँच हजार बेरोजगार युवाले फारम भरेका मन्त्रालयले जानकारी दिएको छ ।
१२ सय युवाले मात्रै रोजगारी पाउने भएपनि आवेदन भने निकै धेरै परेको छ । रोजगार मेलामा सहभागी हुन प्रदेशका पाँच हजार बेरोजगार युवाले फारम भरेका मन्त्रालयले जानकारी दिएको छ ।
रोजगार मेलामा सहभागी हुन युवाहरुले फारम भर्ने समय मंगलबारसम्मका लागि तोकिएको थियो ।
प्रथम प्रादेशिक रोजगार मेला २०७६ नाम दिइएको कार्यक्रम सामाजिक विकास मन्त्रालयको आयोजना विराटनगरमा हुन लागेको हो ।
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६, १०:०५