काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच आज भेटवार्ता भएको छ ।
अमेरिकाको न्यूयोर्कस्थित राष्ट्र सङ्घको मुख्यालयमा भएको भेटमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गत शनिवार अमेरिका प्रस्थान गर्नुभएका प्रधानमन्त्री प्रचण्ड हिजो पुग्नु भएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज १, २०८०