काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यूनचापिय रेखा (Monsoon Trough) नेपालको तराई भू – भागमा अवस्थित छ ।
यो सँगै मध्य र पूर्वी भूभागमा रहेको न्यूनचापिय क्षेत्रका कारण आगामि २/३ दिनसम्म मनसुन अति सक्रिय (Very Active) भइरहने सम्भावना छ ।
लगातारको वर्षासँगै बाढि र पहिरोको उच्च जोखिम रहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।
देशका अधिकांश स्थानमा पूर्ण बदली रही मध्यपूर्वका केही स्थान र पश्चिम क्षेत्रका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको महाशाखाले जनाएको हो ।
देशका अधिकांश स्थानमा पूर्ण बदली रही मध्यपूर्वका केही स्थान र पश्चिम क्षेत्रका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको महाशाखाले जनाएको हो ।
हिजोदेखि देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ । पर्सी आइतबारसम्म देशका अधिकांश भू–भागमा मनसुन सक्रिय हुने भएकाले जोखिम बढेको मौसमविद् मञ्जु बासीले सीआइएनसँग बताउनुभयो ।
देशका अधिकांश भू–भागमा बदली र भारी वर्षाको सम्भावना भएकाले सबैजसो नदीमा बाढीको जोखिम उच्च रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढीबाट खासगरी प्रदेश १ र २ को तराई क्षेत्र र प्रदेश ५, ६ र ७ को तराईका केही होचा स्थानमा डुबान हुनसक्ने सम्भावना रहेको बताइएको छ । देशभर वर्षा र बाढीको सम्भावनाबाट सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
बाढीबाट खासगरी प्रदेश १ र २ को तराई क्षेत्र र प्रदेश ५, ६ र ७ को तराईका केही होचा स्थानमा डुबान हुनसक्ने सम्भावना रहेको बताइएको छ ।
आज, भोली (शनिबार) र पर्सी आईतबार नदि आसपासको क्षेत्रमा रहेका वस्तीमा बाढि आउने जोखिम र अन्य स्थानमा पहिरो जाने सम्भावना रहेकाले सतर्क रहनु पर्ने महाशाखाको आग्रह छ ।
देशको पश्चिम क्षेत्रमा पनि बाढि पहिरोको सम्भावना उच्च रहेको छ । लगातारको वर्षासँगै कोशि, कर्णाली र त्रिशुली नदिमा पनि पानीको बहाब बढेको छ ।
त्यससँगै अन्य नदिहरुमा पनि पानीको बहाब बढ्दा कैयौं बस्ती डुवानको जोखिममा परेका छन् ।
महाशाखाका अनुसार काठमाडौँ उपत्यका लगाएत देशका तराई भूभागहरु, विशेष गरि सर्लाही धनुषा महोत्तरी सिन्धुली, रौतहट, बारा, पर्सा तथा यसका आसपासका क्षेत्रहरुमा हिजो हावाहुरी सहितको वर्षा भएको थियो ।
काठमाडौं उपत्यकामा केहिदिनदेखि निरन्तर वर्षा भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६, ०७:५२