हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाको कालागाड क्षेत्रमा मुसलधारे पानी पर्दा लाखौँ क्षति भएको छ ।
बिहान ६ बजेबाट आएको निरन्तरको वर्षाका कारण कालागाडको बहाब बढेर त्यस आसपासमा भएको घरटहरा र वाटोघाटो बगाएको छ ।
आवतजावतमा पनि निकै समस्या भएको वडा नम्बर ५ का अध्यक्ष कमलबहादुर छत्यालले बताउनुभयो ।
उहँका अनुसार के कति क्षति भयो भन्ने अझैँ एकिन भएको छैन । खोला आसपासका वस्तीका नागरिक बाढी र पहिरो आउने डरले घर बाहिर बसेका छन् ।
खोलाको बहाब बढेर अदानचुली ३ को थपाली स्थित बुढाबाडाको ज्युलो, गोरपाली घरज्युलो बगाएको छ ।
गल्फागाडमा भएका २ वटा घट्टसमेत बगाएको छ ।
अदानचुली २ का हरि भण्डारी र किष्णभण्डारीको घट्ट बगाएको छ भने मसानघाट स्थानीय बनाइएको प्रतीक्षालय पनि बगाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०, १६:२९