धनकुटा । धनकुटाको सिधुवाबाट यो वर्ष मात्रै ३५ करोडको तरकारी भारत निकासी भएको छ ।
गत आर्थिक वर्ष धनकुटामा ५ हजार ९ सय ८१ हेक्टर क्षेत्रफलमा १ लाख ३४ हजार ४ मेट्रिक टन तरकारी उत्पादन भएकोमा २० हेक्टर क्षेत्रफलमा २ सय ७४ मेट्रिक टन धनियाँ उत्पादन भएको छ ।
कृषि ज्ञान केन्द्र धनकुटाका सुचना अधिकारी सुरज खनालले सिधुवामा उत्पादन हुने धनियाको सागले पूर्वकै बजारको माग पूर्ति गर्न नसकेको जानकारी दिनुभयो ।
धनकुटाको छथरजोरपाटी र त्यस आसपासका क्षेत्रलाई तरकारीको खानीको रुपमा लिइन्छ ।
सधैं बन्दागोभी, काउली, आलुलगायतका तरकारी पाइने भए पनि हिजोआज किसानहरूले यसको विकल्पमा धनियाँको साग उत्पादन गरिरहेका छन् ।
यसले यो क्षेत्रको पहिचान थपेको छ । धनकुटाको छथर जोरपार्टी गाउँपालिकामा कोशी प्रदेशमै सबैभन्दा बढी तरकारी उत्पादन हुने गर्छ ।
नेपालको धरान, विराटनगर, झापा हुँदै भारतको सिलगुढी र पश्चिम बङ्गालका विभिन्न स्थानहरूमा यहाँको तरकारी बिक्री हुने गरेको छ ।
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०, १०:३६