काठमाडौँ । सत्ता घटक नेपाली काँग्रेसले आन्दोलनरत र विद्यालय शिक्षा विधेयकमा असन्तुष्ट शिक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिसँग आजदेखि छलफल गर्दैछ ।
संसद भवन नयाँवानेश्वरमा आज र भोलिका लागि छलफलको आयोजना गरिएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
आजको छलफल दिउँसो १ बजे र भोलिको बिहान ११ बजेबाट सुरु हुने छ ।
यही असोज ५ गते सरकारसँग ६ बुँदे सहमति गरेको शिक्षक महासङ्घ र असन्तुष्ट राहत शिक्षक केन्द्रीय समितिलगायतका शिक्षक सङ्गठनलाई आज बोलाइएको छ भने भोलिको छलफल शिक्षाविद्, शिक्षा मन्त्रालयलगायतसँग हुनेछ ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०, ०९:२२