काठमाडौँ । एसियन गेम्स अन्तर्गत आज भएको खेलमा नेपालले २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको छ ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो । चेक गणतन्त्रले टर्कीमाथि २ सय ५७ रनको जित यसअघि हात पारेको थियो ।
बिहान भएको खेलमा नेपालले ब्याटिङ गर्दै ३ सय १५ रनको लक्ष्य दिएको थियो । मङ्गोलिया भने १३.१ ओभरमा ४१ रनमै अलआउट भयो ।
नेपालका लागि करण केसी, अविनाश बोहरा र सन्दीप लामिछानेले २–२ विकेट लिनुभएको थियो । खेलमा नेपालका कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गर्नुभएको थियो ।
३४ बलमा शतक पूरा गर्दै उहाँले विश्व कीर्तिमान बनाउनु भएको हो । दीपेन्द्र सिंह ऐरीले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाउनु भएको थियो ।
यसअघि युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाएको कीर्तिमान दीपेन्द्रले तोड्नुभएको हो ।
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०, १०:२३