काठमाडाैँ । नेपाल यू–१९ साफ च्याम्पियनसिप फुटबलको सेमिफाईनलमा भारतसँग पराजित भएको छ । दशरथ रंगशालामा बुधवार भएको दोस्रो सेमिफाइनलमा नेपाल टाइब्रेकरमा ३–२ ले पराजित भएको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
२६ औं मिनेटमा शाहिल खुर्सिदको गोलबाट भारतले अग्रता लिए पनि ७४ औँ मिनेटमा समीर तामाङले नेपालका लागि बराबरी गोल फर्काएको थियो । तर पेनाल्टी सुटआउटमा नेपालका तीन खेलाडीले गोल गर्न सकेनन् । कप्तान तथा गोलकिपर जियारत शेखले एक प्रहार बचाएका थिए ।
भारतले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ ।
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०, १९:५६