काठमाडाैँ । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई प्रदान गरिने भएको छ।
आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको गुठीले जनाएकाे छ।
यस्तै, जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ।
दुबै पुरस्कारको राशी चार चार लाख रूपैयाँ रहेको छ। पुरस्कार कोजाग्रत पूर्णिमाका दिन अर्पण गर्ने गरिन्छ।
यसअघि मदन पुरस्कारको संक्षिप्त सूचीमा सुविन भट्टराईको ‘इजोरिया’, ओझाको ‘ऐंठन’, द्वारिकानाथ ढुंगेलको ‘चक्रब्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थाङ्ग्रा’ र सञ्जय विष्टको ‘माटोको घर’ परेका थिए। त्यसमध्ये ‘ऐंठन’ले मदन पुरस्कार प्राप्त गर्ने भएको हो ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०, ११:२९