काठमाडौँ । नेपाल १९ औँ एसियाली खेलकुदको पुरुष क्रिकेटको प्रतिस्पर्धाबाट बाहिरिएको छ । मङ्गलबार भएको खेलमा भारतसँग २३ रनले पराजित भए पछि नेपालको यात्रा क्वाटरफाइनलमा रोएिको हो ।
२ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा नौ विकेट गुमाएर १ सय ७९ रन बनायो । दीपेन्द्रसिंह ऐरीले विष्फोटक ब्याटिङ गर्दै १५ बलमा ३२ तथा सन्दीप जोराले १२ बलमा २९ रन बनाएपनि नेपालको जितका लागि पर्याप्त भएन ।
यसैगरी कुशल मल्लले २९, कुशल भुर्तेलले २८ र आसिफ शेखले १० रन बनाउनुभयो । करण केसी १३ बलमा १८ रन बनाएर अविजित रहनुभयो ।
भारतका रवि विश्नोई र आभेष खानले तीन तीन तथा अर्सदीप सिंहले दुई विकेट लिनुभयो ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २ सय २ रन बनाएको थियो । ओपनर यसस्वी जयसवालले ४९ बलमा १ सय रन बनाउनुभयाृे । रिन्कु सिंहले ३७ तथा कप्तान ऋतुराज गायक्वाड र शिभम् दुवेले समान २५ रन बनाउनुभयो ।
बलिङमा दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले १/१ विकेट हात पार्नुभयो ।
नेपाललाई हराएसँगै भारत भने एसियाली खेलकुदको सेमिफाइनल प्रवेश गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०, ११:५८