काठमाडाैँ । एसियाली खेलकुद अन्तर्गत नेपालले महिला कबड्डीमा कास्य पदक जितेको छ । शुक्रबार भएको सेमिफाइनलमा भारतसँग पराजित भएसँगै नेपाल कास्य पदकमा सिमित भएको हो ।
सेमिफाइनलमा पराजित हुने दुई टिमलाई संयुक्त रुपमा काँस्य पदक प्रदान गरिने प्रावधानअनुसार नेपालले काँस्य पदक प्राप्त गरेको हो ।
नेपालले समूह चरणमा बंगलादेशलाई हराएको थियो । नेपालले एसियली खेलकुदमा कबड्डीमा कुनै पनि पदक जितेको यो पहिलो पटक हो । नेपालको महिला कबड्डी टोलि भने पहिलो पटक एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेको हो ।
नेपाललाई हराएको भारत भने प्रतियोगिताको फाइनल पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०, १७:३९