काठमाडाैँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन मन्त्री विजय कुमारसहित सात जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सर्लाही लालबन्दी नगरपालिकामा रहेको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा 'एन्टिभेनम प्रडक्सन एण्ड रिसर्च सेन्टर नेपाल स्थापना, व्यवस्थापन र सञ्चालन गर्दा भ्रष्टाचार गरेको देखिएपछि तत्कालिन मन्त्री विजयकुमार, आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ, लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मानबहादुर खड्का, तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्का सञ्चालक समितिका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
सर्पदंश विरूद्धको खोप उत्पादन तथा अनुसन्धान केन्द्र स्थापना गर्न छुट्याइएको १७ करोड ९८ लाख ३३ हजार रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको छानबिनले निष्कर्ष निकालेको हो ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०