काठमाडाैँ । १९ औं एसियाली खेलकुद समापन भएको छ। चीनको हाङझाउमा असोज ५ गतेदेखि सुरू भएको प्रतियोगितामा आयोजक देश चीनले सबैभन्दा बढी पदक जित्दै पहिलो स्थान हात पारेको छ । चीनले सबैभन्दा बढी २०१ स्वर्ण, १११ रजत र ७१ कास्य गरी ३८३ पदक जितेको हो । चीनले एसियाली खेलकुदमा अहिलेसम्म सबैभन्दा धेरै १९९ वटा स्वर्ण जितेको थियो ।
नेपाल २ पदकसहित संयुक्त रूपमा ३१ औँ स्थानमा रह्यो ।
जापानले ५२ स्वर्ण, ६७ रजत र ६९ कास्य गरी १८८ पदक जितेर दोस्रो स्थान हात पार्दा कोरियाले ४२ स्वर्ण, ५९ रजत र ८९ कास्यसहित १९० पदक जितेर तेस्रो स्थानमा रह्यो । तालिकाको चौथो नम्बरमा रहेको भारतले २८ स्वर्ण, ३८ रजत र ४१ कास्य गरी १०७ पदक जितेको छ ।
प्रतियोगितामा ४५ देशका १२ हजार खेलाडीले ४० खेलक ४८३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। जसमध्ये ४१ देशले पदक जितेका छन्।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०, १८:३६