काठमाडाैँ । इजरायलमा मृत्यु भएका नेपाली नागरिकको शोकमा सरकारले मंगलबार राष्ट्रिय शाेकको घाेषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय शाेक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले इजरायलमा मृत्यु भएका १० जनाका परिवारलाई प्रति परिवार १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
यसअघिको समाचारमा सार्वजनिक विदा उल्लेख भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०, १७:०३