काठमाडौँ । इजरायलमा रहेका नेपालीको उद्धार र सुरक्षालगायतका विषयमा छलफल गर्न नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।
संसद् भवन नयाँ वानेश्वर बैठक बोलाइएको छ ।
मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा हमास समूहबाट भएको आक्रमण र त्यसबाट नेपाली नागरिकले झेल्नु परेको अफ्ठेरोका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
बैठक मध्यान्ह् १२ बजे सुरु हुनेछ ।
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०, ०९:०९