महोत्तरी । निरन्तरको वर्षाले महोत्तरीको भप्सी पुल बगाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिकामा पर्ने भप्सी पुल गएराती बाढिले बगाएको हो । पुलको बिच भाग नै बगाएपछि आवागमन रोकिएको छ ।
पुल बगाउँदा पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले सीआईएनलाई जानकारी दिनुभयो । पुल बगाएपछि यात्रुहरु बाढी तरेर जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
यसअघि २०७२ सालमा पूर्व पश्चिम राजमार्ग स्थित महोत्तरी र धनुषालाई जोड्ने रातु पुल भासिएको थियो ।
प्रकाशित मिति: शनिबार, असार २८, २०७६, ०७:५२