काठमाडाैँ । इजरायलमा रहेका नेपालीलाई ल्याउन सरकारले बुधवार राती जहाज पठाउने भएको छ । दुबईको नियमित उडान तालिकामा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यहाँबाट इजरायल जाने सरकारले जनाएकाे हो ।
२७८ सिट क्षमताको जहाजको काठमाडौँ-दुबई-तेलअभिभ उडान बुधवार साढे ११ बजे हुनेछ । जहाजले साढे २ सय हाराहारी यात्रु काठमाडौं ल्याउने छ । उनीहरुलाई दुबइ हुँदै नेपाल ल्याइने निगमले जनाएको छ ।
इजरायलमा रहेका करिब ३ सय जना नेपालीले स्वेदश फर्किन अनलाईन आवेदन भरेका दुतावासले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०, १४:५९