काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको पहिलो चरणको खेलमा नेपाल र लाओसले आज एकएक गोलको बराबरी खेलेका छन्।
केहीबेर अघि सकिएको खेलमा नेपालले एक गोल फर्काएसँगै बराबर भएको हो ।
लाओसका कप्तान बुङकोङले खेल सुरु भएको ३३ मिनेटमा गोल गर्नुभएको थियो । दोस्रो हाफमा नेपालका लागि अञ्जन बिष्टले बराबरी गोल गर्नुभएको हो ।
उहाँको गोलले नेपालको हार टारिएको थियो । बिष्टले बराबरी गोल मात्रै गर्नु भएन, नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान पनि बराबरी गर्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०, १९:५०