काठमाडौँ । दसैँ तिहार र छठका लागि नेपाल राष्ट्र बैँकले आजदेखि सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा दिएको छ ।
राष्ट्र बैँकले वाणिज्य बैँक, काठमाडौँ उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट साट्न लागेको हो ।
त्यसअनुसार बिहानैदेखि सर्वसाधारण नयाँ नोटका लागि लामबद्ध भएका छन्।
यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैँकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन लागेको हो ।
गत वर्ष राष्ट्र बैँकले भदौ २६ देखि बैँक तथा वित्तीय संस्थालाई र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गरेको थियो । यस वर्ष नयाँ नोट लिन आउने सर्वसाधारणलाई राष्ट्र बैँकले क्यूआर कोडमार्फत भुक्तानी गर्न आग्रह गरेको छ ।
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०, ०९:०६