काठमाडौं । नेपाल विश्वकप फुटबलको एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो लेगको खेलमा लाओसलाई १-० ले हराउँदै नेपाल समग्रमा २–१ को जितसहित दोस्रो चरण प्रवेश गर्न सफल भएको हो ।
नेपाललाई जिताउन मनिष डाँगीले ५३ औं मिनेटमा गोल गर्नुभयो । नेपालले अब समूह एचमा बहराईन, युएई र यमसँग 'होम एण्ड अवे'का आधारमा छनोट चरण खेल्न पाउनेछ ।
दशरथ रंगशालामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०, १९:४३