काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटमा शृंखलाअन्तरगत आज नेपालले यूएईसँग खेल्दैछ । मुलपानी क्रिकेट मैदानमा हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपालका माैसम ढकालले डेब्यू गर्नुहुने भएको छ।
नेपालले आईसीसी टी ट्वान्टी विश्वकपको एसिया क्षेत्रको छनोट अघि यो त्रिकोणात्मक शृंखला आयोजना गरेको हो । प्रतियोगितामा नेपाल, यूएई र हङकङ् रहेका छन् । यी तीनै देशलाई विश्वकपका दाबेदार टोली मानिएको छ । नेपालले केही दिन अघि भारतमा राजस्थान रोयल्सको आतिथ्यमा अभ्यास गरेर फर्केको छ ।
यसलगत्तै आईसीसी ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रको छनोट हुनेछ । प्रतियोगिता नेपालमा हुनेछ । जसमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टोली अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकपका लागि छनोट हुनेछन् ।
नेपाल, यूएई र हङकङलाई तीनै राष्ट्र शीर्ष दुईमा परेर विश्वकपमा पुग्नका लागि दाबेदार राष्ट्र हुन् । नेपाल र यूएई बुधबार मूलपानी क्रिकेट मैदानमा पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०, १२:५८