काठमाडौँ । नेपालले त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट श्रृखलामा सुखद सुरुवात गरेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो ।
१४१ रनको लक्ष्य नेपालले खेल सकिन ७ बल बाँकी हुँदै ३ विकेट गुमाएर भेट्टायो । कप्तान रोहितकुमार पौडेलले अविजित ५१ दीपेन्द्रसिंह ऐरीले अविजित ३४ रन बनाउनुभयो ।
५१ रन जोड्दा ३ विकेट गुमाएको नेपालsf रोहित र दीपेन्द्रले अविजित १२९ रनको साझेदारी गर्दै जिताएका हुन् ।
टस हारेर पहिले ब्याटिङ गरेको यूएईले वसिल हमिदको अर्धशतकको मद्धतमा ७ विकेट गुमाएर १४० रन बनाएको थियो ।
नेपालका लागि करण केसीले तीन, गुल्सन झाले दुई तथा सोमपाल कामी र अभिनाश बोहोराले १–१ विकेट लिए। प्रतियोगितामा नेपाल यूएई र हङकङ सहभागी छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०, १६:५१