काठमाडौँ । त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट श्रृंखलाको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ।
मुलपानी मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङ ३ बल बाँकी हुँदै ओभरमा ९४ रनमा अलआउट भयो ।
हङकङलाई सस्तैमा समेट्न करण केसीले ४ विकेट लिनुभयो । यस्तै, अविनाश बोहोरा र सोमपाल कामीले २÷२ तथा कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिनुभयो ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०, १२:३८