काठमाडौँ । त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले हङकङलाई ६ विकेटले हराएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको हङकङ १९.३ ओभरमा ९४ रनमै अलआउट भएको थियो । नेपालले सामान्य लक्ष्य १३.५ ओभरमा ४ विकेटको क्षतिमा ९९ रन बनाएर हासिल गर्य ाे ।
कप्तान रोहितले छक्का प्रहार गरी खेल समाप्त पार्नुभयो ।
रोहित २० बलमा दुई छक्का र एक चौकासहित २५ रन बनाएर अविजित रहनुभयो भने गुलसन झाले ५ बलमा २ छक्कासहित १५ रन बनाउनुभयो ।
प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले सबैभन्दा बढी ४२ रन बनाउनुभयो ।
नेपालले हिजो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएइ) लाई सात विकेटले पराजित गरेको थियो । नेपालले अब पर्सि हङकङ र आगामी सोमबार युएइविरुद्ध खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०, १४:४१