काठमाडाैँ । दसैँ मनाउन काठमाडाैँबाट घर फर्कने क्रम बढेको छ । शुक्रबार दिउँसो काेटेश्वर पुग्दा दसैँ मनाउन गाउँ जानेहरूको भिडभाड देखिन्थ्यो । सयाैँ यात्रु गाडी चढिरहेका र गाडी कुरिरहेका थिए । कोटेश्वर कलङ्की, नयाँ, वसपार्कलगायत ठाउँमा दिनहुँ बिहानैदेखिँ साँझसम्म यात्रुको भिड लाग्ने गरेको छ । यातायात व्यवसायीले यसपटकको दसैँमा १६ लाख जना काठमाडाैँबाट बाहिरिने अनुमान गरेका छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०, ०९:०१