काठमाडाैँ । काठमाडौँमा आइतबार विहानैदेखि पटक पटक भूकम्पको धक्का महसुस भएकाे छ । बेलुका ५:३१ मा धादिङको खरी आसपास केन्द्र विन्दु भएर ५ म्याग्नेच्युडको भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।
केन्द्रका अनुसार बिहान सात बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडकोे भूकम्प गएको थियो । त्यसपछि पनि दिनभरमा चारवटा परकम्प गएका थिए ।
धादिङ केन्द्रविन्दु बनाएर अपराह्न ४:०३ मिनेटमा ४.४ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो। ८:०८ बजे ४.२ म्याग्नेच्युड, ८:२८ बजे ४.३ र ८:५९ मिनेटमा ४.१ म्याग्नेच्युडको भूकम्प मापन भएको छ।
केन्द्रकाअनुसार यो नयाँ भूकम्प नभई २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पकै परकम्पको निरन्तरता हो। यसले आइतबार धादिङमा २० वटा घरमा क्षति पुर्याएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०, १७:५१