काठमाडाैँ । काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ । यो मन्दिर वर्षमा एकपटक महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गर्ने गरिन्छ । वर्षमा एक दिन मात्र खुल्ने भएकाले पूजाआजाका लागि गर्वसाधारणको घुईँचो लागेको छ ।
तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमान ढोका दरबारको मूल चोकमा लगिएको छ ।
तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने गरिन्छ । मूलचोकमै महाअष्टमीको राती कालरात्री पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०, ०८:०७