काठमाडौँ । दसैँमा पिङ खेल्ने परम्परा छ । टोल टोलमा लिङ्गे पिङ, रोटे पिङ हाल्न थालेपछि दसैँ आएको सङ्केत मिल्ने गर्छ । तर पछिल्ला वर्षमा पिङ हाल्ने क्रम भने कम हुँदै गएको छ । दसैँमा टीका लगाएपछि एक पटक पिङ खेलेर 'धर्ती छोड्नुपर्छ' भन्ने मान्यता रहिआएको छ । सोमबार काठमाडौँको क्षेत्र पाटी धाेबिचाैरमा पुग्दा सर्वसाधारण नागरिक लिङ्गे पिङमा रमाइरहेका भेटिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०, ०८:३३