काठमाडाैँ । एकदिवसीय क्रिकेटमा अफगानस्तानले पाकिस्तानलाई पहिलोपटक हराएको छ । विश्वकप क्रिकेट अन्तर्गत सोमबार राती सकिएको खेलमा अफगानिस्तानले पाकिस्तानमाथि ८ विकेटको ऐतिहासिक जित हासिल गरेको हो ।
पाकिस्तानले दिएको २ सय ८३ रनको लक्ष्य अफगानिस्तानले मात्र २ विकेट गुमाएर ४९ ओभरमा पूरा गर्यो । रहमानुल्लाह गुरबाज र इब्राहिम जादरानले १३० रनको साझेदारी गर्दै खेल्दै अफगानिस्तानलाई गजब सुरुआत दिलाएका थिए । जादरानले ८७ र गुरबाजले ६५ रन बनाए ।
त्यसपछि रहमत साह र कप्तान हशमतुल्लाह शाहिदीले भरपर्दो ब्याटिङ गर्दै अफगास्तिानको जित सुनिश्चित गरे । रहमत ७७ र साहिदी ४८ रनमा अबिजित रहे ।
पाकिस्तानका साहीन साह अफ्रिदी र हसन अलीले एक एक विकेट लिए पनि त्यसले हार टार्न सकेन । यससँगै पाकिस्तानलाई समुह चरण पार गर्न कठिन भएको छ । पाकिस्तानले यस विश्वकपका खेलेको ४ खेलमा दुईमा जित हात पारेकाे छ । सेमिफाइनल पुग्न बाँकी ५ मध्ये कम्तिमा ४ खेलमा जित्नैपर्ने भएको छ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले बाबर आजमको ७४ र अब्दुल्लाह सफिकको ५८ रनको सहयोगमा २८२ रन बनाएको थियो । अफगानिस्तानका १८ वर्षे स्पिनर नुर अहमदले ३ विकेट लिएको खेलमा नविल उल हकले २ विकेट हात पारे ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०, ०७:३३