काठमाडौँ । त्रिकोणात्मक टी– ट्वान्टी क्रिकेट श्रृङ्खलाको फाइनलमा नेपाल र यूएई खेल्ने भएका छन् । बुधबार भएको खेलमा हङकङले यूएईलाई ६९ रनले हराए पनि रन औसतमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल्ने तय गरेको हो ।
फाइनल खेल पर्सि हुनेछ । नेपाल प्रतियोगिताका चारवटै खेल जितेर फाइनलमा पुगेको हो ।
मुलपानी मैदानमा २१३ रनको लक्ष्य पाएको यूएईले २० ओभरमा पाँच विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । यूएईका खालिद शाहले सबैभन्दा धेरै ३५ रन बनाउनुभयो ।
टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले २० ओभरमा तीन विकेट गुमाएर २१२ रन बनाएको थियो । उसका मार्टिन कोट्जीले ८६, बाबर हायातले अविजित ६० र अंशुमान रथले ४१ रन बनाउनुभयो । प्रतियोगितामा हङकङ र यूएईको समान २–२ अङ्क भए पनि रन औसतमा यूएई फाइनल पुगेको हो ।
प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०, १७:०१