काठमाडौँ । अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकप क्रिकेट प्रतियोगिताको एसिया क्षेत्र छनोट आजबाड काठमाडौँमा सुरु हुँदैछ ।
पहिलो दिन आज ४ खेल हुँदैछन् । नेपालले आफ्नो पहिलो खेलमा सिङ्गापुरसँग बिहान ९ बजे त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा खेल्दैछ ।
नेपाल र सिङ्गापुरबीच अहिलेसम्म चार पटक टी २० अन्तराष्ट्रिय खेल हुँदा दुई खेल वर्षाको कारण रद्ध हुँदै दुबै टिमले समान १÷१ खेलमा जित हासिल गरेका छन् ।
बिहान ९ बजे मुलपानी मैदानमा बहराइन र युएईबीच प्रतिस्पर्धा गर्दैछन् भने कीर्तिपुरमा दिउँसो साढे १ बजे ओमान र मलेसिया खेल्नेछन् ।
मुलपानी मैदानमा दिउँसो हङकङ र कुवेतबीचको खेल हुनेछ । ८ टोली सहभागि रहेको प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकप खेल्न पाउनेछन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०, ०७:४०