काठमाडौँ । आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत नेपालले १ सय ४६ रनको लक्ष्य पाएको छ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको सिगांपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो ।
नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०, १०:५७