काठमाडौँ । आइसिसी टी–ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरूआत गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको हो ।
त्रिवि मैदान कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १७ औँ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
ओपनर कुशल भुर्तेलले ७४ र आसिफ शेखले २७ रन बनाउनुभयो । ४८ बल खेल्दै कुशलले ८ चौका र २ छक्का प्रहार गर्नुभयो। कुशलले २६ बलमा अर्धशतक पूरा गर्नुभएको थियो । कुशल र आसिफले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्नुभयो ।
कप्तान रोहित पौडेलले २४ बलमा अविजित ३५ रनको योगदान गर्नुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०, १२:१६