काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।
अपराह्न ४ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
सभामुख देवराज घिमिरेले आजको बैठकमा औपचारिक पोशाकमा उपस्थित हुन सांसदहरूलाई यसअघि नै भनिसक्नुभएको छ ।
सम्बोधन लगत्तै बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ । महासचिव गुटेरेस पोखरा, लुम्बिनी हुँदै आज दिउँसो काठमाडौँ पुग्ने जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०, ०८:५७