काठमाडौं ।
वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ ।
प्रहरीले सार्वजनिक गरेको आज दिउँसो साढे १२ बजेसम्मको तथ्यांक अनुसार बाढी र पहिरोमा परि देशका विभिन्न जिल्लामा गरी ५० जनाले ज्यान गुमाएका हुन् । बाढी पहिरोमा परी ३० जना बेपत्ता छन् भने घाइतेको संख्या २५ रहेको छ ।
प्रहरीका अनुसार बाढी पहिरोमा परेका ११ सय ४ जनालाई उद्दार गरिएको छ ।
देशका अधिकांश भेगमा निरन्तर वर्षा भएकाले क्षति अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । पहाडमा पहिरो गएको छ भने तराईमा डुबान भएको छ ।
प्रहरीले सार्वजनिक गरेको आज दिउँसो साढे १२ बजेसम्मको तथ्यांक अनुसार बाढी र पहिरोमा परि देशका विभिन्न जिल्लामा गरी ५० जनाले ज्यान गुमाएका हुन् । बाढी पहिरोमा परी ३० जना बेपत्ता छन् भने घाइतेको संख्या २५ रहेको छ ।
सबैभन्दा धेरै प्रदेश नम्बर १ र २ प्रभावित भएका छन् । देशका कतिपय ठूला नदीमा पानीको सतहले खतराको तह नाघेको छ । बागमती, दूधकोशी, सुनकोशी, तमोर र सप्तकोशी नदीमा राखिएका मापन केन्द्रमा जलसतह खतराको जनाउ दिने बिन्दुमा पुगेको छ ।
पूर्र्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला लगायतका नदी आसपासका मानिसहरूलाई समेत सचेत हुन आह्वान गरिएको बताइएको छ ।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने भएकाले सचेत हुन भनेको छ ।
विषेशगरी मुलुकको पूर्व र मध्य क्षेत्रका केहि स्थान र पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको हो । यस्तै राति देशभर पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
राति देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।
मध्य क्षेत्रका पहाडि भू भागमा पहिरो जान सक्ने र पूर्वी, मध्य र पश्चिमी तराई क्षेत्रका नदिहरुमा जलको वहाव र स्तर बढ्न सक्ने भएकोले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।
प्रकाशित मिति: आइतबार, असार २९, २०७६, १३:२४