सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१७, कालिन्जोर पुल नजिक रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
कालिन्जोर पुलदेखि करिब सय मिटर पूर्वतर्फ बिग्रिएर रोकिराखेको बीआर ०६ जीडी ३१४१ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश –२–०३–००४ प ३५५ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक हरिवन नगपालिका–११, का २८ वर्षीय मुकेश कुमार गुप्ता र सोही मोटरसाइकलको पछाडि बसेका हरिवन ११ कै ३५ वर्षीय सुनिलकुमार गुप्ताको मृत्यु भएको हो ।
मोटरसाइकल चालक मुकेशलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा र पछाडि सवार सुनिललाई जनसेवा अस्पताल बर्दिवास पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक हरिबोल केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गएराति साढे ९ बजेतिर दुर्घटना भएको हो । प्रहरीले मोटरसाइकल तीव्र गतिमा रहेको र रातको समयमा अगाडिको दृश्य प्रष्टसँग नदेख्दा दुर्घटना भएको आशङ्का गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०, ०८:५४