काठमाडौँ । संसदको चालु अधिवेशन अन्त्य भएसँगै सभामुख देवराज घिमिरे केही दिनका लागि झापा प्रस्थान गर्नुभएको छ ।
झापामा संसदीय अभ्यासका बारेमा अन्तरक्रिया तथा सरोकारवाला निकायसँग छलफलका लागि घिमिरेको नेतृत्वमा सांसदहरूको टोली आज त्यसतर्फ गएको हो ।
टोलीमा संसदमा रहेका राजनीतिक दलका सांसद सहभागी भएको नेकपा एमालेका सांसद महेश बर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न दलका प्रमुख सचेतक, सचेतकसहित गएको टोलीले आज र भोलि झापामा हुने कार्यक्रममा सहभागिता जनाउनेछ ।
सङ्घीय संसदको चालु अधिवेशन गएराति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशनको अन्त्य गर्नुभएको हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०, ०९:०३