काठमान्डु । सीआईएनकर्मी शोबिता रिसाल बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ बाट पुरस्कृत हुनुभएको छ । केन्द्रीय बाल कल्याण समिति र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा दिंदै आएको पुरस्कार यसवर्ष रिसालले पाउनुभएको छ ।
पत्रकार महासंघको सभाहलमा भएको समारोहमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले पुरस्कार वितरण गर्नुभयो । रिसालले कार्यक्रम उत्पादन तर्फको पुरस्कार पाउनुभएको हो । रिसाललाई २५ हजार नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको हो ।
रिसालसँगै अरु नौ जना पत्रकार पनि पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा रमा कुमारी खड्का , रुमा रिजाल, प्रकाश सिलवाल, हिमाल लम्साल र खगेन्द्र अधिकारी पनि रहनु भएको छ । धनवीर दाहाल, कोपिला पोखरेल, धनमाया भुषाल, शर्मिला खनाल पनि पुरस्कृत हुनुभएको छ ।
प्रकाशित मिति: आइतबार, असार २९, २०७६, १७:१८