काठमाडौँ । टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।
माथिल्लो मूलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनायो ।
यूएईका वृत्य अरबिन्दले ६४ र मोहम्मद वासिमले २६ रन बनाउनुभयो । नेपालका कुशल मल्लले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र रोहित पौडेलले एक विकेट लिनुभयो । कुशलले ३ ओभर बलिङ गर्दै ११ रन खर्चेर ३ विकेट लिनुभयो ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।
नेपालका दीपेन्द्रसिंह ऐरी मैदान फर्कनुभएको छ भने सन्दीप जोरालाई आराम दिइएको छ । आजको विजेता टोलीले अर्को बर्ष हुने टी ट्वान्टी विश्वकप खेल्न पाउनेछ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०, १२:४०