काठमाडौँ । भूकम्पमा परी रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म कम्तिमा ३६ जनाको ज्यान गएको पुष्टि भएको रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक नवराज भट्टराईले सीआईएनलाई जानकारी दिनुभयो ।
घाइतेको उद्धार गरिएको र उपचारको प्रवन्ध भइरहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०, ०६:१४