काठमाडौँ । टी ट्वान्टी विश्वकप एसिया छनोटको फाइनलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
नेपालले सेमिफाइनलमा युएईलाई ८ विकेटले तथा ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनल भेट पक्का गरेको हो। फाइनल पुगेसँगै नेपाल र ओमान सन् २०२४ को जुन महिनामा हुने टी ट्वान्टी विश्वकपका लागि छनोट भइसकेका छन् ।
समूह चरणमा नेपाल ओमानसँग पराजित भएको थियो।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०, १०:३३